२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

लुटेराले वृद्धाको निधारमा चुमे, पैसा नलिने बताए (भिडिओ)

एजेन्सी– अहिले ब्राजिलमा एउटा भिडियो निकै भाइरल भएको छ । यो ब्राजिलको सहर आमराँतेको भिडियो हो । एउटा मेडिकल पसलमा दुई लुटेरा पुगेका हुन्छन् । उनीहरुले पसलेलाई बन्दुक ताकेर सबै पैसा त्यहाँबाट लुट्छन् । 

ती दुई लुटेरा पसलमा पुगेलगत्तै त्यहाँ रहेकी एक वृद्ध महिलाले आफूसँग भएको पैसा निकाल्न थाल्छिन् । उनी नजिकै रहेका ती लुटेरालाई त्यो पैसा दिन खोज्छिन् । तर, लुटेराले त्यो पैसा लिँदैनन् । उल्टै महिलाको निधारमा चुम्छन् र आफूले लगाइरहेको हेल्मेट लगाउँछन् । अनि भन्छन्– तपाईंको पैसा चाहिएन, बाहिर जानुहोस् । 



अचानक यो भिडियो निकै भाइरल भएको छ । त्यो पसलबाट चाहिँ ती लुटेरले ७० हजार रुपैयाँ र केही सामान लुटेको ती पसलले जनाएका छन् । 





  • प्रकाशित मिति : ११ भदौ, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया