प्रमुख प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन्। 

ह्वाटमोरले ओमानमा हुने आइसीसी विश्वकप लिग–२ पछि प्रशिक्षक पद छाड्ने बारेमा नेपाल क्रिकेट संघ (क्यान) लाई आधिकारिक रुपमा जानकारी गराइसकेका छन्।

कोरोना महामारीको संक्रमणका कारण परिवारसँग समय बिताउन नपाएको कारण देखाउँदै उनले राजीनामा दिएका हुन्। उनले ओमानमा जारी सिरिजपछि प्रशिक्षक पद छाड्ने बताइएको छ। 

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले ओमान भ्रमणमा छ। ओमानमा नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ को खेल खेल्नेछ। 

८ महिना अघि मात्रै नेपाल आएका ह्वाटमोरको नेतृत्वमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज पनि जितेको थियो।





  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार ६:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया