काममा फर्किन महिला स्वास्थ्यकर्मीलाई तालिबानको आग्रह

अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटपछि स्वास्थ्य सुविधाको कमी देखिएपछि तालिबानले महिला स्वास्थ्यकर्मीलाई काममा फर्किन अनुरोध गरेका छन्।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्विटर ह्यान्डलमा लेखेका छन्, ‘इस्लामिक इमिरेड्सलेको स्वास्थ्य मन्त्रालयले सबै महिला कर्मचारीलाई केन्द्र र प्रान्तमा नियमित रुपमा आफ्नो काममा फर्किन अनुरोध गरेको छ । उनीहरुको काममा कुनै अवरोध गरिनेछैन ।’ 

अफगानिस्तानमा तालिबानको कब्जासँगै महिलाले काम गर्न पाउँछन् या पाउँदैनन् भन्ने चर्चा चलिरहेको छ । 

काबुल प्रवेश गरेपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले शरिया कानुनअनुसार महिलाले अधिकार पाउने उल्लेख गरेका थिए ।

उनले भनेका थिए, ‘हामी शरिया व्यवस्थाअनुसार महिलाको अधिकार दिन प्रतिबद्ध छौं । महिला हामीसँग काँधमा काँध मिलाएर काममा जान सक्छन् । उनीहरुमाथि कुनै भेदभाव नगरिने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउँन चाहन्छु ।’   
 





  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार ६:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया