बाइडेनले इरानलाई दिए धम्की, परमाणु संकट कूटनीति मार्फत समाधान नभए अन्य विकल्प अपनाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको परमाणु संकटको समाधान कूटनीति मार्फत नभए अन्य विकल्प अपनाउने धम्की दिएका छन् । 

वासिङ्टनमा शुक्रबार इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटसँगको भेटवार्तापछि उनले इरानलाई उक्त धम्की दिएका हुन् । तर उनले ‘अन्य विकल्प’ कस्तो हुने भन्ने चाँही खुलाएनन् । 

बेनेटले पनि अमेरिकी राष्ट्रपतिको उक्त भनाइको प्रशंशा गर्दै इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने प्रतिबद्धता जनाएका थिए । 
इरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्ण रुपमा शान्तिपूर्ण हुने बताउँदै आएको छ । तर पश्चिमी देशहरुले भने इरान माथि परमाणु बम बनाउन लागेको आरोप लगाउँदै आएका छन् । 

बेनेटसँग ५० मिनेट लामो बैठकपछि पत्रकारहरुसँग कुराकानी गदै बाइडेनले आफू इरानसँगको परमाणु संकट कूटनीति मार्फत समाधान गर्नेतर्फ लागिरहेको बताए । कूटनीति असफल भए मात्र अन्य विकल्पमा जाने उनले स्पष्ट पारे । 





  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार १३:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया