पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १७६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ८५७ जनाको नतिजा पोजिटिभ आएको हो ।
परीक्षण गरिएकामध्ये नौ हजार ४०९ नमुनाको पिसिआर परीक्षणमा एक हजार ५१६ र तीन हजार ७६७ नमुनाको एन्टिजेन परीक्षणमा ३४१ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २७ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार २२२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख १० हजार ४५२ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।