नेकपा एमालेका अध्यक्ष केपी हर्मा ओलीले आफ्नो पार्टीबाट फुटेर नयाँ पार्टी गठन गरेको माधव नेपाल पक्षलाई मधु–कैटभको संज्ञा दिएका छन् ।
आफ्नो मिहिनेतले तत्कालीन माओवादीसँग एकता गरेर पार्टीलाई दुईतिहाइ बहुमत हाराहारीमा पुर्याएको उनको दाबी छ ।
तर, पार्टीभित्रै कुलंगार नेता जन्मिएको र उनीहरुले सूर्य चिह्नलाई धुजाधुजा बनाएको ओलीको आरोप थियो ।
आफ्नै सरकार गिराउने खेलमा लागेका मधुकैटभले अहिले दलको पुर्जा लिएर सरकारमा जान लागेको उनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।