२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

एक–दुईवटा पात खस्दैमा पूरै एमाले र रुख ढल्दैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपालहरुलाई पार्टी नफुटाउन भनेर जति सम्झाए पनि नलागेको बताएका छन् । 

नेपाल पक्ष विदेशीको दलालीमा लागिसकेका कारण उनीहरुलाई सम्झाउन नसकेको उनको दाबी थियो । 



नेपाललाई आफूले बीसौँपटक फोन गरेको आठपटकसम्म उनले जहाँ भन्यो त्यहीँ गएर भेटेर सम्झाएको उनले बताए । नेपाललाई लक्षित गर्दै उनले भने, ‘मैले सम्झाउँदा दुनियाँले सम्झिन्छ, तर एक–दुईजना मान्छे पानी समाएर कसम खाएझैँ गर्छन् ।’

ओलीले अब जे हुनु भइसकेकाले यसमा चिन्ता गरेर नबस्न कार्यकर्तालाई आग्रह गर्दै उनले भने, एक दुईवटा पात खस्दैमा पूरै एमाले र रुख ढल्दैन ।’



झरेका पातका ठाउँमा नयाँ नयाँ पालुवा पलाउँदै जाने र हाँगा हाल्ने उनको दाबी थियो ।  



  • प्रकाशित मिति : १२ भदौ, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया