नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी आन्दोलनलाई अघि बढाउने जिम्मा युवाहरुको काँधमा आएको बताएका छन् ।
शनिबार वाइसिएलको भेलालाई सम्बोधन गर्दै उनले आफूले २७ वर्षको उमेरमा युवा संघको नेतृत्व सम्हालेको र ३५–३६ वर्षमा पार्टीकै नेतृत्व गरेको स्मरण गरे ।
नयाँ पुस्ताका लागि वातावरण बनाउने काम आफूले गर्ने आश्वासन दिँदै प्रचण्डले पाँचदलीय गठबन्धनलाई सुदृढ बनाउँदै अघि बढ्ने बताए ।
आफूहरु निरंकुशतालाई परास्त गर्दै अघि बढेको उल्लेख गर्दै अझै पनि गठबन्धनलाई हानि पुर्याउनेहरु सक्रिय रहेकाले सजग हुनुपर्ने बताए ।
युवाहरु सक्रिय भएमा जतिसुकै ठूला समस्या पनि समाधानमा जान सक्ने बताउँदै उनले सक्रिय भएर अघि बढ्न युवा पुस्तालाई आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।