२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

समाजवादी आन्दोलनलाई अघि बढाउने जिम्मा युवाहरुको काँधमा छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी आन्दोलनलाई अघि बढाउने जिम्मा युवाहरुको काँधमा आएको बताएका छन् ।

शनिबार वाइसिएलको भेलालाई सम्बोधन गर्दै उनले आफूले २७ वर्षको उमेरमा युवा संघको नेतृत्व सम्हालेको र ३५–३६ वर्षमा पार्टीकै नेतृत्व गरेको स्मरण गरे । 



नयाँ पुस्ताका लागि वातावरण बनाउने काम आफूले गर्ने आश्वासन दिँदै प्रचण्डले पाँचदलीय गठबन्धनलाई सुदृढ बनाउँदै अघि बढ्ने बताए । 

आफूहरु निरंकुशतालाई परास्त गर्दै अघि बढेको उल्लेख गर्दै अझै पनि गठबन्धनलाई हानि पुर्याउनेहरु सक्रिय रहेकाले सजग हुनुपर्ने बताए । 



युवाहरु सक्रिय भएमा जतिसुकै ठूला समस्या पनि समाधानमा जान सक्ने बताउँदै उनले सक्रिय भएर अघि बढ्न युवा पुस्तालाई आग्रह गरे ।  




  • प्रकाशित मिति : १२ भदौ, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया