अफगानिस्तानबाट उद्धार गरि थप ८ जना नेपालीलाई काठमाडौं तर्फ ल्याइँदै गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको मन्त्रालयले बताएको छ।
‘काबुलमा उद्धार उडानको पर्खाइमा रहनु भएका ३४ जना नेपाली नागरिकलाई सुरक्षाको दृष्टिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा स्थानान्तरण गरिएको छ,’ परराष्ट्रद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
काबुलमा रहेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको परराष्ट्रले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।