प्रिमियर लिग : बराबरीमा रोकिए लिभरपुल र चेल्सी
फरकधार / १३ भदौ, २०७८

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा घरेलु टोली लिभरपुल र १० खेलाडीमा सीमित चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।



एनफिल्डमा चेल्सीका लागि काइ हाभर्टजले र लिभरपुलका लागि महम्मद सलाहले एक-एक गोल गरे ।

खेलको २२ औँ मिनेटमा हाभर्टजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । पहिलो हाफको थप गरिएको समयमा चेल्सी १० खेलाडीमा सीमित बन्यो ।

गोल बचाउने क्रममा रिस जेम्सले डि बक्सभित्र हातले बल छोएपछि रेफ्रीले भिएआरको मद्दतमा उनलाई सिधै रातो कार्ड तथा लिभरपुललाई पेनाल्टीको अवसर दिएका थिए ।



पेनाल्टीलाई सदुपयोग गर्दै सलाहले घरेलु टोलीलाई बराबरीमा ल्याए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा अंक बाढ्न बाध्य बने ।

बराबरीसँगै ३ खेलबाट समान ७ अंक जोडेका चेल्सी दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन् ।

लिग अन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा एभर्टनले ब्राइटनमाथि २-० तथा लेस्टर सिटीले नर्विच सिटीमाथि २-१ को जित हात पारे ।

वेस्ट ह्यामले क्रिस्टल प्यालेस तथा न्युक्यासल युनाइटेडले साथह्याम्टनसँग समान २-२ को बराबरी खेल्दा एस्टन भिल्ला बे्रन्टफोर्डसँग १-१ को बराबरीमा रोकियो। 

  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार ७:४१:५,   अन्तिम अपडेट : भदौ १३, २०७८ आइतबार ८:८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया