कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४४ लाख ९३ हजार जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २१ करोड ५९ लाख ४ हजार १०६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ३७ हजार २४१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ७९ हजार १० जनाले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ३७ हजार ३७० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
यसैगरी मेक्सिकोमा २ लाख ५७ हजार १५०, पेरुमा १ लाख ९८ हजार ३१, रुसमा १ लाख ७७ हजार ६७९, बेलायतमा १ लाख ३२ हजार ६९९, इटालीमा १ लाख २९ हजार ५६ र कोलम्बियामा १ लाख २४ हजार ७४३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।