बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारमा केन्द्रित

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच अहिले भेटवार्ता चलिरहेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा  भएको भेटवार्ताको मुख्य अजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको जनाइएको छ । 

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले यस साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसैअनुसार सरकारमा सहभागी हुने दलहरुसँग मन्त्रीहरुको नाम उनले मागेको बुझिएको छ । 

सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी हुनेछन् । माओवादी केन्द्र यसअघि नै सहभागी भइसकेको हो भने अन्य दल अब सहभागी हुन गइरहेका छन् । 





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार ११:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया