नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दै, माधव नेपाल दलको नेता चुनिने

नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक केहीबेरमा सुरु हुने सो दलका सांसद मेटमणि चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार आजको बैठकले अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने कार्यक्रम छ । 

‘आजको बैठकले माधव कमरेडलाई दलको नेता चयन गर्ने काम हुन्छ’, उनले भने । यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गर्नेगरी तयारी भएको छ । 

बैठकअघि सरकारमा सहभागी हुनेबारे छलफल गर्न नेता नेपाल बालुवाटार पुगेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालबीच बालुवाटारमा करिब १ घन्टा छलफल भएको थियो । 

छलफलमा देउवाले नेपाल र प्रचण्डलाई मन्त्रीको नाम पठाउन अनुरोध गरेका छन् । सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । 

चौधरीका अनुसार एकीकृत समाजवादी पार्टी केहीदिनभित्रै सरकारमा सहभागी हुनेछ ।
 





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार ११:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया