ओलीको प्रतिगामी कदम सच्चिएला भनेर अन्तिम प्रयास गर्यौं तर, सकेनौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी कदम चालेर देशमा अस्थिरता ल्याएको आरोप लगाएका छन् । 

संघीय संसद भवनको ल्होत्से हलमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । 

उनले पार्टी पूर्ववत् अवस्थामा फर्किसकेको अवस्थामा ओलीले २८ फागुनमा एकलौटी रुपमा निर्णय गरेपछि समस्या बढ्दै गएको बताए । 

नेपालले भने, ‘उहाँ (ओली) ले एकपछि अर्को निर्णय गरेर पूरै पन्छाउनुभयो । जहाँ जान्छौं जाओ भन्नुभयो । यो सबै हुँदापनि हामीले एकता गर्ने प्रयास गर्यौं ।’ 

ओलीको यो कदमपछि आफूहरुले पार्टीका अन्य गतिविधि सुरु गरेको बताए । ‘केपीलाई प्रधानमन्त्रीबाट निकाल्नैपर्छ भन्ने कुरा पनि आए । शेरबहादुरलाई कन्भिन्स गराए, प्रचण्डलाई विश्वास दिलाएर, उपेन्द्र यादवलाई विश्वास दिलाएर हामीले कदम चाल्यौं’, उनले अघि भने, ‘हामीले अन्तिम कोशिस गर्यौं । प्रतिगमनका कदम सच्चिनेछन्, त्यसपछि गएर पार्टीलाई विधान अनुरुप लाने काम हुनेछ भनेर प्रयास गर्यौं । त्यो काम केही भएन् ।’ 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल र प्रचण्ड बालुवाटार पुगेका थिए । उनीहरुलाई देउवाले मन्त्रीको नाम पठाउन अनुरोध गरेका छन् । 



सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । नेता मेटमणि चौधरीका अनुसार एकीकृत समाजवादी पार्टी केहीदिनभित्रै सरकारमा सहभागी हुनेछ ।
 



  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १३:१८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया