मेस्सीले आज पीएसजीबाट डेब्यु गर्दै

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले आज फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट डेब्यु खेल खेल्ने भएका छन् । पीएसजीले आज आफ्नो चौथो खेल राइम्ससँग खेल्नेछ । 

खेल, नेपाली समयअनुसार १२ः३० मा हुनेछ । प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सी पहिलो पटक पीएसजीको टोलीमा हुने पक्का गरेका छन् । तर उनी सुरुवातबाट खेल्छन् वा बेन्चमा रहन्छन् भन्ने टुङ्गो भएकोे छैन ।

टोलीका अर्का फरवार्ड माउरो इकार्डी घाइते भएका कारण मेस्सीले प्लेइङ ११ मा नै रहने सम्भावना पनि रहेको छ । 

अगस्ट १० मा पीएसजीमा अनुबन्धित भएका मेस्सीले हालसम्म कुनै खेल खेलेका छैनन् । म्याच फिटनेस नभएका कारण नै उनलाई तयार हुन समय दिइएको प्रशिक्षक पोचेटिनोले बताउँदै आएका छन् । 


 





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १३:२५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया