फाल्गुनन्द लिङदेनका ‘रीत’ र ‘अञ्जली’ छायांकनमा जाने

फाल्गुनन्द लिङदेन फिल्मसद्वारा निर्माण हुन गइरहेका दुई चलचित्र ‘रीत’ र ‘अञ्जली’को आगामी साताबाट छायांकन सुरु हुने भएको छ । ‘रीत’ लिम्बु भाषा संस्कृतिमा आधारित लिम्बु चलचित्र हो । ‘अञ्जली’ले हत्याहिंसा र अपहरणको कथा भन्ने छ ।

दुवै चलचित्रका निर्देशक दिनेश लिङ्देनले ‘रीत’ ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा छायांकन गरिने र ‘अञ्जली’ उपत्यका आसपासमा छायांकन गरिने बताए । अहिले दुवै चलचित्रको वर्कसप चलिरहेको छ ।

दुबै चलचित्रमा एलिना वासकोटा, विमला खजुम, पूर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खडका, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापोलगायतका कलाकारको अभिनय रहनेछ ।

मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’को निर्माताहरूमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खडका, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली छन् । दुवै फिल्ममा सागर केरुङको कथा रहनेछ ।





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १३:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया