नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल चयन

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । आज बानेश्वरको ल्होत्से भवनमा बसेको बैठकले उनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो । 

नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीले सरकारमा जाने तयारी तीव्र बनाएको छ । जसको तयारीस्वरूप संसदीय दल गठन गरेको हो ।

आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल र प्रचण्ड बालुवाटार पुगेका थिए । उनीहरूलाई देउवाले मन्त्रीको नाम पठाउन अनुरोध गरेका छन् । सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो ।

नेता मेटमणि चौधरीका अनुसार एकीकृत समाजवादी पार्टी केहीदिनभित्रै सरकारमा सहभागी हुनेछ ।





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १३:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया