वाट्मोरलाई फकाउँदै क्यान, भन्यो– ‘परिवार नै नेपालमा राख्न तयार छौं ।’

नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) उनलाई फकाउन लागेको छ । 

कोरोनाको समयमा परिवारबाट टाढा रहँदा गाह्रो भएको बताउँदै शुक्रबार वाट्मोरले इमेलमार्फत क्यानमा राजीनामा बुझाएका थिए । नेपाल क्रिकेट संघ क्यानले भने वाट्मोरलाई नेपालमा नै बस्न आग्रह गरिरहेको छ । 

वाट्मोरले अप्रत्याक्षित रुपमा राजीनामा दिएपछि नयाँ प्रशिक्षक कसलाई बनाउने भन्ने चासो बढेको छ । 

सकेसम्म वाट्मोरले नै निरन्तरता दिउन् भन्ने हेतुले क्यानका अध्यक्ष चतुरबहादुर चन्दले परिवार नै नेपालमा राख्न तयार भएको जानकारी पनि दिएका थिए । 

क्यानका महासचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘यदी उहाँ परिवार नेपालमा ल्याएर बस्न राजी हुनुहुन्छ भने त हामी परिवार ल्याएर राख्न पनि तयार छौं ।’
‘क्यान भने सम्झौता अवधिभर वाट्मोर नेपालमा नै बसुन् भन्ने चाहन्छ’, उनले भने । 

क्यानले अब वाट्मोरले बस्न नचाहेमा कसरी प्रशिक्षक नियुक्त गर्ने भन्ने सोच्नुपर्ने पनि उनले बताए । छोटो समयका लागि पछिल्लो पटक अन्तर्वार्ता लिएकाबाट विकल्पको रुपमा कोही आउन सक्ने पनि उनले बताए । तर प्राथमिकता भने ह्वाटमोरलाई नै निरन्तरता दिनु हो ।



नेपाली राष्ट्रिय क्रिकेट टोली हाल पपुवान्युगिनीविरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ को खेलका लागि ओमानमा छ । 

टोलीले बिहीबार ओमान पुगेर प्रशिक्षण पनि गरिसकेको छ । नेपालले पिएनजीसँग भदौ २० र २३ मा दुई वानडे खेल खेल्ने छ ।



विश्व लिग–२ अन्तर्गत पहिलो खेल अमेरिकासँग भदौ २८ र २९ गते ओमानसँग खेल्ने छ । असोज १ गते नेपालले अमेरिका र असोज ३ गते अमेरिकासँग खेल्ने कार्यक्रम छ ।

तत्काल ओमान गएको टोलीको खेल भने प्रभावित नहुने गरी वाट्मोरले राजीनामा बुझाएका हुन् । 


 

  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १४:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया