म्यान्चेस्टरमा पुनरागमनपछिको रोनाल्डोको तस्बिर इन्स्टामा सर्वाधिक रुचाइयो

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले पोचुर्गिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आफ्नो क्लबमा अनुबन्ध गरेको छ । 

यो समाचारले फुटबल जगत् तताउँदै गर्दा क्लबले सामाजिक सञ्जाल इन्टाग्राममा सोही समाचारको तस्बिर राख्यो । सो तस्बिरले हालसम्मकै सबैभन्दा बढी लाइक पाएको छ । 

म्यानचेस्टरले शुक्रबार उक्त फोटो सार्वजनिक गर्दै उनी क्लबमा आबद्ध भएको सूचना फ्यानलाई दिएको थियो । 

उक्त फोटोले २ दिनमा नै १ करोड २६ लाख ९ हजार ११० लाइक पाएकोे छ । यो इन्स्टाग्रामको इतिहासमा सबैभन्दा बढी रुचाइएको फोटो बनेको छ । क्रिस्टियानो रोनाल्डो १० वर्षपछि क्लबमा फर्किएका हुन् । 

आफ्नो सिनियर करिअरमा जर्सी नम्बर ७ प्रयोग गरेका रोनाल्डोले यसलाई आफ्नो ब्राण्ड नै बनाएका छन् । रोनाल्डोले ‘सिआर७’को ब्राण्डमा फुटबलबाहिर थुप्रै व्यापारिक क्षेत्रमा लगानी गरेका छन् ।

रोनाल्डोपछि एन्टोनियो भ्यालेन्सिया, एन्जल डी मारिया, मेम्फिस डिपाए र एडिन्सन काभानीले यो नम्बर प्रयोग गरेका छन् । 



रोनाल्डोको आगमनसँगै काभानीले जर्सी नम्बर ७ लगाउने लगाउने या नलगाउने भन्ने निश्चित भएको छैन । काभानी अब म्यान्चेस्टरमा रहने या नरहने भन्ने पनि शंकाको विषय बन्न थालेको छ । काभानीले रोनाल्डोको लागि नै जर्सी छाड्ने सम्भावना पनि रहन सक्छ । 

तर, त्यसका लागि प्रिमियर लिगको विशेष स्वीकृति आवश्यक पर्छ । लिगको नियमअनुसार दर्ता गरिसकेको जर्सी नम्बर परिवर्तन गर्न पुरानो खेलाडीले क्लब छाडेको हुनुपर्ने वा उसको स्वीकृति लिनुपर्ने नियम छ ।
 



  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १९:५१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया