नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
आइतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरु भित्र छलफल र परामर्श चलिरहेको भन्दै अब छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।
‘विस्तार किन रोकिएको भन्ने बारेमा भनिरहनुपरेन । विभिन्न पार्टीहरु भित्र छलफल, परामर्श, चलिराछ । सबै आन्तरिक रुपमा पनि कतिपय कामहरुमा जुट्नुभएको छ,’ उनले भने, ‘कसैको महाधिवेशन छ । कोही पार्टी निर्माणको क्रममा जुट्नुभएको छ । कोही पार्टी विस्तारको क्रममा जुट्नुभएको छ ।’
यी सबै कारणले गर्दा यो स्थिति बनेको भन्दै उनले अब छिट्टै यसको पनि निराकरण हुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।