मुख्यमन्त्री शाक्य हेटौँडामा आक्कलझुक्कल

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्ट नै काठमाडौं गइन् । एमाले उपाध्यक्ष शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेको भन्दै सर्वत्र चर्चा पाए पनि उनले सरकारको कामलाई भन्दा पार्टीको कामलाई प्राथमिकतामा राखेको भन्दै आलोचना सुरु भएको छ । 

बढ्दो राजनीतिक सक्रियताबीच शाक्य अहिले नेकपा एमाले एक गर्ने भन्दै संघीय राजधानीमा नेताबीच भेटघाट र राजनीतिक कार्यक्रममा व्यस्त छिन् । 

शपथ ग्रहणको भोलिपल्टै काठमाडौं छिरेकी उनी १० दिनपछि  पुनः हेटौँडा फर्किन् । उनले बागमती प्रदेशसभामा सरकार परिवर्तन पार्टीका विषयमा आफूले नेताहरुलाई भेटेर जानकारी गराएको बताइन् । काठमाडौंमा विभिन्न कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफूले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँगै नेताहरुलाई  भेटेको बताएकी छिन् । 
 
काठमाडौैं उपत्यकाको नेवार समुदायदेखि राजनीतिक दलका कार्यक्रममा सम्मान थापिरहेकी शाक्य हेटौँडामा भने आक्कलझुक्कल मात्रै देखिन थालेकी छिन् । उनी अहिले प्रदेश सरकारको नेतृत्वभन्दा पनि नेकपा एमाले एकता गराउने भन्दै लागिपरिरहेकी छिन् । 

शाक्य गत मंगलबार केपी ओलीले अध्यक्षता गरेको नेकपा एमालेको स्थायी कमिटीको बैठकमा सहभागी हुनेदेखि अन्य राजनीतिक भेटघाट र सम्मानको कार्यक्रममा सहभागी भएर भर्खरै हेटौँडा आएकी छिन् ।   

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भदौ २ गते मुख्यमन्त्रीको शपथ लिएकी हुन् । अहिलेसम्म उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकी छैनन् । 
 





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार २०:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया