(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पार्टीलाई संस्थागत गरेर लैजाने, आफ्नै नेतृत्वमा भएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने खालको नेतृत्वको खोजीमा हामी छौँ । नेपालका सबै राजनीतिक दललाई आबद्ध बनाएर आर्थिक क्रान्ति र कृषि क्रान्ति गरेर सुखी नेपाली बनाउने अभियानमा कांग्रेस जुट्नुपर्ने बेला छ ।
सबै नेपाली र कांग्रेसको भविष्यका लागि ‘डाइनामिक लिडर’ कांग्रेसले खोज्नुपर्छ । जुन लिडरले पार्टीलाई पनि संस्थागत गरोस्, पार्टीभित्र कुनै पनि अवसरको वितरण गर्ने कुरामा न्याय गर्ने खालको नेतृत्व १४औँ महाधिवेशनबाट ल्याउनुपर्छ भन्ने सुझाब मैले दिइरहेको छु ।
युवा नेतृत्वको बहस
नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । यहाँ सबै खालका नेता–कार्यकर्ता छन् । बुढा, युवा लगायत सबैको उपस्थिति रहेको पार्टी भएको हुनाले सबैको सम्मान हुनुपर्छ । अहिलेको नयाँ प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्ने, मुलुकलाई त्यसतर्फ डोर्याउन सक्ने, अहिलेको नयाँ पुस्तालाई आकर्षण गर्न सक्ने नेतृत्व हामीले खोजिरहेका छौँ । त्यो भित्र लिडर युवा पनि हुन सक्छ वा कोही उमेर पाको भएका नेता पनि हुन सक्छ । नयाँ प्रविधिसँग आफूलाई उपस्थित गराउनसक्ने नेता आउनुपर्छ ।
कांग्रेसमा परिवारवाद हावी भयो भन्ने कुरामा मेरो सहमति छैन । प्रत्येक जिल्लाका १६५ वटा निर्वाचन क्षेत्रका प्रतिनिधिले कांग्रेस पार्टी कस्तो बनाउने भन्ने विधिको प्रयोग गर्न सक्छन् । पार्टीको नेतृत्व चयन गर्न सक्ने व्यक्तिहरु छनोट हुने भएकाले अन्तिम निर्णय गर्दा यो समस्या आउँदैन ।
कसरी गर्ने महाधिवेशन ?
हामीसँग अहिले थप जिम्मेवार बन्नुपर्ने दायित्व पनि छ । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसले वैधानिकता कसरी जोगाउँछ ? भन्ने बहस आजको दिनमा चलेको छ । तर, कांग्रेस वैधानिक संकटमा पर्नुभन्दा पहिले नै महाधिवेशन गर्ने दौरानमा छ ।
तर, अहिले कोभिडको महामारी थप जटिल बन्दै गइरहेको छ । यसलाई मध्यनजर गर्दै कार्यकर्तालाई पनि जोगाउँदै अघि बढ्नुपर्छ । मैले केन्द्रीय नेताहरुलाई दशैंअघि नै कोभिडको भ्याक्सिन लगाएर महाधिवेशनमा होमिने वातावरण निर्माण गर्न सुझाब दिएको छु । त्यसका लागि यो नेतृत्व लाग्नैपर्छ । अर्कोतिर, हामीसँग प्रविधिको विकास एकदमै भएको छ । यसलाई नयाँ कार्यकर्तासँग जोडेर अघि बढ्नुपर्छ ।
कोभिडलाई मध्यनजर गर्दै यो महाधिवेशनमा १६५ वटा मतदान केन्द्र मानेर अघि बढ्न सकिने मेरो सुझाब छ । प्रदेश महाधिवेशनका लागि ३ सय वटा निर्वाचन क्षेत्र मान्ने । यदि भएन भने ७७ वटा जिल्लालाई निर्वाचन केन्द्र मानेर भए पनि वैधानिकता जोगाउनुपर्छ । यहाँभन्दा अघि हामीले देखेका छौँ, जसरी बारको चुनाव भएको छ, जसरी पत्रकार महासंघको चुनाव भएको छ, त्यसलाई आधार मानेर प्रत्येक जिल्लाबाट नै आफ्नो नेतृत्व मानेर महाधिवेशन गर्नुपर्छ ।
जिल्ला अधिवेशन गर्दा पनि दुई जिल्लामा स्थानीय तह छन्, त्यसलाई आधार मानेर निर्वाचन गर्नुपर्छ । त्यसो हुँदा कोभिडको पनि त्यति ठूलो डर हुँदैन । र, बाढी पहिरोलगायतबाट पनि जोगिन सक्छौँ । कार्यकर्ताले पनि हाम्रो नेता हाम्रो घरबाटै चुनेका छौँ भन्ने अपनत्व लिन सक्छ । यसलाई आधार बनाएर नेतृत्वले केही सोचोस् र पार्टीको वैधानिकता बचाओस् ।
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
डोल्पा पुग्नै चार दिन लाग्छ, कसरी गर्ने महाधिवेशन ?– डोल्पा सभापति
युवाको बल र बुढाको बुद्धिबाट नयाँ नेतृत्व छान्नुपर्छ–जुम्ला सभापति
क्रियाशील विवाद समाधान भयो भनिएको छ, तर अन्योल कायम छ–बाँके सभापति
कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ–अर्घाखाँची सभापति
अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति
अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति
कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति
कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति
युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति
राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति
पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति
म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति
क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति
तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति
परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा सभापति
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति
विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति
‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।