नेपालमा दुई डोज कोरोना खोप लगाएका ९० प्रतिशतमा एन्टीबडी बनेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २१ देखि साउन ३० गतेसम्म १३ हजार १६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्भेमा यस्तो पाइएको हो ।
६८ दशमलव ६ प्रतिशत कोरोना संक्रमितमा कोभिड एन्टीबडी बनेको समेत पाइएको छ ।
कोरोनाको पहिलो डोज खोप लगाएका ८० प्रतिशतमा एन्टीबडी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ–सहरका सबै लिंग, उमेर, पेसा तथा सबै समूहमा समान एन्डीबडी देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।