जुम्लाका १० गाउँ छाउगोठमुक्त

जुम्ला– जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ छाउगोठमुक्त गरिएका छन् । तातोपानी गाउँपालिका–५ को लाम्रा गाउँलाई मंगलबार १०औँ गाउँका रूपमा छाउगोठमुक्त घोषणा गरिएपछि १० गाउँ पुगेका हुन् । 

सो गाउँपालिकाको श्रीनगर, हियाखोला र जैतपुरका बस्तीलाई छाउगोठमुक्त घोषणा भइसकेका छन् । तिला गाउँपालिकाको ढिमकोट, जोगीवाडा, रावतवाडा र पातारासी गाउँपालिका–५ वडा माथिल्होर्प र तलिल्होर्प गाउँ पहिला नै छाउगोठमुक्त घोषणा गरिएका थिए ।
 
तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्याकाअनुसार अहिले महिलामा केही सचेतनाको विकास भएको छ । महिलाको सुरक्षालगायतका विषयमा विशेष सहयोग गर्ने श्रीमान् तथा परिवारलाई स्थानीय तहले सम्मानका कार्यक्रम ल्याउने तातोपानी–५ का वडाध्यक्ष हरिबहादुर डाँगीले बताए । 
 





  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार १७:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया