ला लिगा : बार्सिलोनाको कठिन जित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । उसले घरेलु मैदान क्याप नोउमा गेटाफेमाथि २-१ को कठिन जित हात पारेको हो।

बार्सिलोनाको जितमा सर्जी रोबर्टो र मेम्फिस डिपाएले १-१ गोल गर्दा गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए ।

खेलको दोेस्रो मिनेटमै जोर्डी अल्बाको पासलाई सदुपयोग गर्दै रोबर्टोले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाए । 

१९ औँ मिनेटमा कार्लोस अलेनाको पासमा रामिरेजले पाहुना टोली गेटाफेका लागि लाई बराबरी गोल फर्काए ।

३० औँ मिनेटमा फ्रेन्क डि जोङको पासलाई नियन्त्रणमा लिँदै डिपाएले उत्कृष्ट गोल गरेपछि बार्सिलोनाले २-१ को अग्रता लियो ।

दोस्रो हाफमा कुनै पनि टोलीबाट थप गोल हुन नसकेपछि बार्सिलोनाले लिगमा दोेस्रो जित निकालेको हो ।



३ खेलबाट ७ अंक जोडेको बार्सिलोना चाथौँ स्थानमा छ । शीर्ष ३ टोलीसँग समान अंक भए पनि बार्सिलोना गोल अन्तरमा पछाडि रहेको हो ।

शीर्ष तीन टोलीको गोल अन्तर ४ हुँदा बार्सिलोनाको ३ छ । पाँचौ स्थानमा रहेको एथ्लेटिको मड्रिड र छैटौँ स्थानको मार्लोकाले पनि समान ७ अंक जोडेका छन् ।



लिग अन्तर्गत आइतबार नै भएका अन्य खेलमा ओसासुनाले कार्डिजमाथि ३-२ तथा भाल्कानोले ग्रानाडामाथि ४-० को जित हात पार्दा साविक विजेता एट्लेटिको मड्रिड भिल्लारियलसँग २-२ को बराबरीमा रोकियो । 
 

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार ७:३१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया