सिरी ‘ए’ : एसी मिलानको लगातार दोस्रो जित

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली एसी मिलानले काग्लियरीमाथि ४-१ को सहज जित हात पारेको छ ।

मिलानको जितमा ओलिभर जिरुडले २, सान्ड्रो टोनाली र राफेल लियोले १-१ गोल गदौ काग्लियरीका एलेसान्द्रो डिओलाले १ गोल फर्काए ।

खेलको १२ औँ मिनेटमा टोनालीको गोल मार्फत मिलानले अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । १५ औँ मिनेटमै डिओलाले गोल गर्दै काग्लियरीलाई बराबरीमा ल्याए ।

१७ औँ मिनेटमा लियोले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए । २४ औँ मिनेटमा जिरुडले टोलीका लागि तेस्रो गोल गरे ।

४३ औँ मिनेटमा जिरुडले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथौ गोल गर्दै पहिलो हाफमा मिलानलाई ४-१ को आरामदायी अग्रता दिलाए ।

दोस्रो हाफमा काग्लियरीले कुनै पनि गाेल गर्न नसक्दा मिलानले ४-१ काे फराकिलाे जित दर्ता गर्‍याे ।



२ खेलबाट ६ अंक जोडेको मिलान लिगको चौथो स्थानमा छ । ऊ शीर्ष तिन टोलीसँग समान अंक भए पनि गोल अन्तरमा पछि परेको हो ।

सिरी ‘ए’ अन्तर्गत आइतबार नै भएका अन्य खेलमा नापोलीले जेनोआमाथि २-१ तथा रामाले स्पोर्टिभा सलार्निटमाथि ४-० को जित हात पार्दा सासोउलो र साम्पडोरियाले गोलरहित बराबरी खेले । 



  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार ८:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया