निर्माता केदार भुषालले चलचित्र ‘म राजेश हमाल’ बनाउँदै छन् । भुषालले उक्त चलचित्रका लागि विशेष भूमिकामा अभिनय गर्न हमाललाई आग्रह गरेका थिए । तर, हमालले उक्त आग्रह अस्वीकार गरेका छन् ।
आफ्नै नाम राखेर निर्माण हुन लागेको चलचित्रको नाम राख्न भने उनले स्वीकृति दिएका छन् । उनले यो चलचित्रको अफर अघि नै अर्को चलचित्र ‘सत्यम’मा अभिनय गर्ने सम्झौता गरेकाले यो चलचित्रको अफर अस्वीकार गरेका बताइएको छ ।
चलचित्र ‘म राजेश हमाल’मा अभिनेता आर्यन सिग्देलले विशेष भूमिका निर्वाह गर्दैछन् । यो चलचित्रले अभिनेता हमालको बायोेपिक कथा नभन्ने निर्माता भुषालले जानकारी दिएका छन् । तर, राजेश हमालको जीवनबाट प्रभावित भने हुने उनले बताए ।
यो चलचित्रमा अभिनेत्री संचिता लुइटेल, मुकुन भुषाल, महेश त्रिपाठी लगायतका कलाकारले अभिनय गर्ने छन् । चलचित्रको छायांकन धनगढीबाट सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।