दार्चुलामा पहिराेमा परी एक जनाकाे मृत्यु, दुई जना बेपत्ता
प्रतिकात्मक तस्वीर

दार्चुलाकाे दुहुँ गाउँपालिकामा आइतबार आएको बाढी पहिरोमा परी एक जनाको ज्यान गएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् । 

दुहुँ गाउँपालिका वडा नम्बर १ बस्पालीका नरसिंह महराको ज्यान गएको छ भने उनका श्रीमती कौशी देवी महरा बेपत्ता भएकी छन् । 

दुबैजना श्रीमान श्रीमती मात्रै बसेको अवस्थामा घर पहिरोले पुरिएपछि महरा दम्पत्ती बेपत्ता भएको र नरसिंह महरा भने फेला परिसकेको आफन्त आनसिंह महराले जानकारी दिए ।  बेपत्ता महराको खोजी भइरहेको  छ । 

पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका वडा नम्बर ५ दुल्ला बसने मनुवा डडाल बेपत्ता भएका छन् भने उनका श्रीमती उजली डडाल र छिमेकी  जनक राम पार्की घाइते भएको सहकर्मी लोकेन्द्र बमले खबर पठाएका छन् ।

दुहुँ गाउँपालिकामा बाढी पहिरोले तीन ओटा घरमा पूर्ण क्षति गरेको छ भने एक दर्जन बढी घरहरूमा आंशिक क्षति भएको छ । खोलाहरूमा रहेको तीनवटा झोलुंगे पुलहरू तथा एउटा आरसिसी पुल पनि बगाएकाले आवतजावत गर्न समस्या भइरहेको छ । वडा नम्बर ५ मा रहेको कालागाड जलविद्युत् योजनामा पनि क्षति पुर्‍याएकाे छ । उद्वारका लागि घटनास्थलसम्म पुग्न समेत समस्या भइरहेको छ ।

त्यस्तै दुहुँ गाउँपालिका वडा नम्बर ३ मा निजाङ खोलाको मोटरेबल पुल बगाएको छ । दार्चुला-तिंकर सडक खण्डको निजाङ खोलाको मोटर पुल बगाएको छ । 



श्रीबगडको नजिकै २ ओटा घरमा पूर्ण क्षति भएको र ३ वटा घरमा क्षति भएको पहिरो स्थलमै रहेका दार्चुला सन्देश दैनिक पत्रिकाका सम्पादक पदम बडालले जानकारी दिनुभयो । 

जिल्लाभरिका नदी नालाहरूमा पानीको सतह बढेको छ । बाढी पहिरोले क्षति पुर्‍याएकाे क्षेत्रमा उद्वारका लागि सुरक्षाकर्मीको टोली गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ध्रुब बहादुर विष्टले जानकारी दिनुभयो । श्रीबड क्षेत्रमा भने डिएसपी मनोहर प्रसाद लगायतका सुरक्षाकर्मीहरूको टोली गएको छ ।



 

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार ९:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया