जिम्बावेका अलराउन्डर सिकन्दर राजाले इपिएल खेल्ने

जिम्बावेका अलराउन्डर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् ।

विराटनगरले साेमबार पहिलो विदेशी खेलाडीका रूपमा सिकन्दरलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

३५ वर्षीय सिकन्दरले जिम्बावेका लागि १७ टेस्ट, १०५ एकदिवसीय र ४२ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले पछिल्लो समय टि-२० मा कप्तानी समेत गर्दै आएका छन् ।

सिकन्दरले टेस्टमा ८ अर्धशतक र १ शतकसहित १ हजार १८७ रन प्रहार गर्दा ३४विकेट हात पारेका छन् ।  

उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १७ अर्धशतक तथा ३ शतक सहित २ हजार ९४३ रन बनाउँदा ६२ विकेट हात पारेका छन् ।

उनले टि-२० अन्तर्राष्ट्रियमा १ अर्धशतक सहित ५२४ रन बनाउनुका साथै १३ विकेट लिएका छन् ।



आगामी असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा विराटनगर सहित साविक विजेता ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडियटर्स, किंग्स ११ काठमाडौँ, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।  



  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार ११:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया