भरतमणिको पारस अवतार पनि विवादमा

कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ गएको दुई दिनदेखि निकै चर्चामा छ । सबैभन्दा धेरै चर्चा त गत शनिबार प्रसारण भएको ‘सो’मा विक्की अग्रवालले दिएको प्रस्तुतिलाई लिएर भएको हो । उनको प्रस्तुतिभन्दा पनि प्रस्तुतिलाई लिएर ‘शो’का जज सन्तोष पन्तले गरेको कमेन्ट चर्चामा मात्रै रहेन उक्त कमेन्टले पन्तलाई विवादमा समेत तानेको छ ।

यता सोही दिन पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेर सिधै फाइनलमा पुगेका भरतमणि पौडेलको पनि विवाद सुरु भएको छ । धेरैले भरतमणिको प्रशंसा गरे पनि केही मानिसले भने उनको प्रस्तुतिलाई लिएर चित्त बुझाएका छैनन् । वरिष्ठ गीतकार राजेन्द्र थापाले भरतमणिको प्रस्तुतिप्रति टिप्पणी गर्दै लेखेका छन्, ‘कहाँ निर छ यसमा कमेडी ? कसैको कमजोरीको क्यारिकेचर कसरी कमेडी हुन्छ निर्णायकजीहरू ? दर्शक त दर्शकै भए।’

धेरैले भरतमणिको उक्त प्रस्तुतिलाई दुर्गेश थापासँग जोडेर कमेन्ट गरेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताले लेखेका छन्, ‘दुर्गेश थापालाई गायक मान्ने देशका जनताले मान्ने कमेडी यही हो ।’ धेरैले पारसको हुलियाप्रतिको प्रहार गरेको मन नपराएका हुन् ।

कमेडी च्याम्पियनको ३४ औँ एपिसोड प्रसारण हुँदा सोले उत्कृष्ट ४ कमेडियन पाएको छ । भरतमणिको पारस अवतारको क्लिप्स पूर्ण भाग प्रसारण हुनु अघि नै सामाजिक सञ्जालमा हिट भैसकेको थियो । पूरा भाग प्रसारण भएसँगै भरतमणिको प्रस्तुति पनि विवादमा तानिएको हो । 





  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १२:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया