सत्ता गठबन्धनको बैठक बालुवाटारमा आज बिहान बसेको छ । बैठकले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएकोबारे छलफल गरेको नेकपा (एकीकृत समाजवादी)का नेता तथा राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले जानकारी दिए ।
लामो समयदेखि मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चाैतर्फी आलोचना भइरहेको छ । नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएर प्रमाणपत्र लिएसँगै यो कामलाई तीव्रता दिइएको छ ।
यसै सन्दर्भमा हिजो (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पनि भेटवार्ता र छलफल भएको थियो ।
स्रोतका अनुसार चाँडोभन्दा चाँडो मन्त्रिपरिषद विस्तार गर्नुपर्ने राय आजको छलफलमा नेताहरूले राखेका थिए । सत्ता गठबन्धनका नेताहरू प्रचण्ड, देउवा, नेपाल, बेदुराम भुसाल, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।