गगन थापाले आउँदाे महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीले आउँदाे महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घाेषणा गरेका छन् । 

थापाले काठमाडाैं महानगरपालिका- ३० मा आयाेजित क्रियाशील सदस्यहरूकाे भेलालाई सम्बाेधन गर्दै यस्ताे घाेषणा गरेका हुन् । 

महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घाेषणा गरेपनि उनले कुन समूहबाट आफू महामन्त्रीमा उठ्ने भन्ने बारेमा भने बताएका छैनन् । 

यसअघिकाे १३ औं महाधिवेशनमा उनी कृष्णप्रसाद सिटाैला समूहबाट उठेपनि उनी शशांक काेइरालासँग हारेका थिए । काेइराला रामचन्द्र पाैडेल समूहबाट महामन्त्रीमा उठेका थिए । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउँदो मङ्सिरको ९ गतेदेखि काठमाण्डौंमा हुँदैछ ।  


 





  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १५:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया