माओवादीले संघीयता छाड्यो भनेर झुटा प्रचार गरियो, भयानक हत्याकाण्ड मञ्चन भए : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्डजस्ता भयानक हत्याकाण्डको मञ्चन गरिएको बताएका छन् । सर्लाही–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुलाई झुटा आरोप र बदनाम गर्न खोजेको बताए । 

उनले भने, ‘पूरै मधेसलाई सुरुमा शान्ति प्रक्रियामा आउनका लागि जसरी माओवादीमय भएको थियो । पछि धेरै ठूलो षड््यन्त्र गरियो । गौर हत्याकाण्डजस्ता भयानक हत्याकाण्डको मञ्चन गरियो । झुटा आरोप लगाइयो हामीलाई, बदनाम गर्न खोजियो हामीलाई । संघीयता छाड्यो माओवादीले भन्नेजस्ता झुटा प्रचार गरियो र मधेसमा भ्रम छर्ने षड्यन्त्र भयो ।’

अध्यक्ष प्रचण्डले मधेसी जनता र उत्पीडित, वर्ग, जाती लिंगलगायतको अधिकारका लागि लडिराख्ने पार्टी भएको बताए । उनले भने, ‘एकपटक फेरि के प्रमाणित भएको छ भने, मधेसी जनताको मुक्तिको निम्ति, यो देशको उत्पीडित वर्ग, जाति लिंग, क्षेत्र समुदायको हक अधिकारको निम्ति संघर्ष गरिहने, नथाकीकन लडिराख्ने भनेको पार्टी माओवादी नै हो । त्यो कुरा एकचोटि फेरि साबित भएको छ । र, तपाईंहरुको पार्टी प्रवेशले के सन्देश दिएको छ भने अब मधेसमा अरु पार्टीले होइन, माओवादीले कब्जा जमाउनेछ ।’

उनले भने, ‘प्रदेश नम्बर २ जबसम्म माओवादीमय हुँदैन, तबसम्म मधेसी जनताको मुक्ति सम्भव छैन । त्यसकारण पनि हामीले संकल्प लिनु छ ।’





  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १८:६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया