कांग्रेस जिल्ला सचिवको भेलाको निष्कर्ष : प्रदेश १ मा कांग्रेस नेतृत्वको सरकार

नेपाली कांग्रेस प्रदेश–१ का जिल्ला सचिवहरुको भेलाले १३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै गठबन्धनलाई निरन्तरता दिन माग गरेको छ । भेलाले केन्द्रको गठबन्धनलाई प्रदेशमा समेत निरन्तरता दिँदै प्रदेश १ मा कांगेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्नेमा जोड दिएको छ ।

भेलापछि जारी विज्ञप्तिमा ‘कांग्रेस प्रदेश नम्बर १ को सरकार पनि नेपाली कांग्रेसकै नेतृत्वमा बनाउन शीर्ष नेतृत्व समक्ष अनुरोध गरिएको’ उल्लेख छ । त्यस्तै, भेलाले पार्टीको महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ ।

भेलाले वडा तहदेखि नै सर्वसम्मत नेतृत्व छनोट गर्दै १४औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा भेलाले जोड दिएको छ ।

भेलामा सहभागी मोरङ सचिव नागेश कोइरालाले पुस्तान्तरणका लागि आगामी महाधिवेशनबाट लागू हुनेगरी ६५ वर्ष उमेर हद कायम गर्न भेलाले माग गरेको जानकारी दिए  ।

१३औँ महाधिवेशनको विधानबमोजिम ४ वर्षे कार्यकाल समाप्त भई डेढ वर्ष ब्यतीत हुँदासमेत एकपटक पनि जिल्ला सचिवहरूको भेला आयोजना नगरेकोमा नेतृत्वप्रति भेलाले आपत्ति जनाएको छ ।

त्यस्तै, आगामी दिनमा जिल्ला सचिवहरूको नियमित राष्ट्रिय र प्रादेशिक भेला आयोजना गर्नसमेत भेलाले नेतृत्वसमक्ष आग्रह गरेको कोइरालाले जानकारी गराए ।



सचिव कोइरालाका अनुसार स्वतः अधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई अन्त्य गरी केन्द्रीय सदस्यसमेतलाई वडा तहदेखि नै प्रतिनिधि हुनुपर्ने प्रावधान राखिनुपर्नेमा भेलाले जोड दिएको छ ।

भेलामा झापाका सचिव प्रेम सम्वाहाम्फे, मोरङका नागेश कोइराला, सुनसरीका केदार भण्डारी, सुजेन्द्र तामाङ, भोजपुरका कैलाशकुमार आले, धनकुटाका विजय सन्तोषी राई, तेह्रथुमका सन्तोष सुब्बा, संखुवासभाका डम्बर बस्नेत, निर्मला तामाङ, सुनसरीका सहसचिव नगेशचन्द्र राईलगायत सहभागी थिए ।



  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १८:२६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया