सकियाे अमेरिकाकाे २० वर्षे सैन्य अभियान, खुसीमा तालिबानीले मनाए उत्सव

अफगानिस्तानमा बाँकी रहेका अमेरिकी सैनिकले काबुल छाडेपछि सम्पूर्ण अफगानिस्तान तालिबानको हातमा पुगेको छ । 

बाँकी सैनिकले काबुल छाडेसँगै रक्षा मन्त्रालयले २० वर्षे मिसन सकिएकाे घाेषणा गरेकाे छ।

अमेरिकाकाे अन्तिम सैन्य विमान साेमबार राति काबुलबाट उडेकाे थियाे ।

अमेरिकाबाट मुक्त भएको भन्दै काबुलमा तालिबानले खुशी मनाएका छन् । अमेरिकाले तालबानसँग ३१ अगस्टसम्ममा आफ्नो पूरै सेना फिर्ता गर्ने सम्झौता गरेको थियो।

तालिबानले काबुलमा कब्जा गर्नुभन्दा एक दिन पहिला अमेरिकाले ७९ हजारभन्दा धेरै मानिसकाे उद्दार गरेकाे थियाे । जसमध्ये ६००० अमेरिकी र बाँकी अन्य देशका नागरिक थिए ।

सैनिक फिर्तीलाई लिएर अमेरिकी राष्ट्रपति जाे बाइडेन निकै आलाेचित भएका थिए । पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पले बाइडेनकाे राजीनामा माग समेत गरेका थिए ।



तालिबानविरुद्धकाे सैन्य अभियानमा करिब २ हजार ५०० अमेरिकी सैनिकले ज्यान गुमाए भने २० हजारभन्दा धेरै सैनिक घाइते भए । 

अमेरिकाले ११ सेप्टेम्बर २००१ मा सैन्य अभियान सुरु गरेको थियो । 




 

  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार ८:१४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया