शिल्पा सेट्टीको फिटनेस र डाइट प्लान

बलिउड अभिनेत्री शिल्पा शेट्टी ४३ वर्षकी भएकी छिन् । जब बलिउड अभिनेत्रीको फिटनेसको कुरा आउँछ त्यहाँ शिल्पा शेट्टीको नाम अगाडि आउँछ ।

उनी फिल्म उद्योगमा छिर्दा मात्र होइन, विवाह र एक बच्चाकी आमा बनिसकेपछि पनि एकदम फिट देखिन्छिन् । शिल्पा पहिली अभिनेत्री हुन् जसले फिटनेसका लागि आफ्नो पावर योगा डिभिडी लन्च गरेकी छिन् ।

शिल्पाका अनुसार तन मनदेखि फिट रहनका लागि योगा सबैभन्दा राम्रो तरिका हो ।

शिल्पाको एक्सरसाइज रुटिन

आफूलाई मेन्टेन राख्नका लागि शिल्पा हरेक प्रकारको एक्सरसाइज गर्छिन् । जसमा कार्डियो वर्कआउटदेखि लिएर स्ट्रेन्थ टे«निङ र योगा समावेश छ । उनी एक हप्तामा पाँच दिन वर्कआउट गछिन् । यसमा दुई दिन योगा, दुई दिन स्ट्रेन्थ ट्रेनिङ र एक दिन कार्डियो लागि रिजर्भ छ । स्ट्रेन्थ ट्रेनिङलाई उनले दुई भागमा विभाजन गरेकी छिन् । एक– माथिल्लो शरीर कसरत र दोस्रो– लोअर बडीको कसरत । स्ट्रेन्थ ट्रेनिङ समयमा मांसपेसीलाई आकार दिनका लागि हलुकाभन्दा बढी बजन उठाउन मन पराउँछिन् । उनी तनाब कम गर्न योगापछि १० मिनेट ध्यान गर्छिन ।

शिल्पाको डाइट प्लान 



शिल्पा शेट्टी प्रतिदिन १८०० क्यालोरी प्रयोग गर्छिन् । उनको दिन अमला र एलोभेराको जुससँग सुरु हुन्छ । उनी लो ग्लाइसेमिक इडेक्सवाला कार्बोहाइड्रेड लिन बिर्सनन् । खाना पकाउने बेला जैतुनको तेल प्रयोग गर्छिन् । शिल्पा प्रायः ननभेज खाना खान मन पराउँछिन् । योगा र व्यायामपछि शिल्पा प्रोटिन सेक लिन मन पराउँछिन् । उनी हप्तामा ६ दिन बाहिर रेस्टुरेन्टमा खाना खान्छिन् । खानामा उनी स्नक्स लिँदिनन्, यसमा क्यालोरीको मात्रा बढी हुने भएर । 

शिल्पाको दैनिक खाना 



ब्रेकफास्ट: १ कचौरा दलिया र एक कप चिया वर्कआउटपछि प्रोटिन सेक २ खजुर 

लन्च: घ्यु लगाएको एक रोटी (पाँच विभिन्न प्रकारका अन्नबाट बनेको आँटा) चिकेन दाल रिफाइन्ड, तेलबाट बनेको तरकारी 

दिउँसो: एक कप ग्रिन टी

साँझ: सोया दूध

राति: स्याउ र सलाद

  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार २२:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया