लमजुङमा आगलागी हुँदा एक दम्पतीकाे ज्यान गयाे
प्रतिकात्मक तस्वीर

लमजुङमा आगलागी हुँदा एक दम्पतीकाे ज्यान गएकाे छ ।

जिल्लाकाे मर्स्याङ्दी गाउँपालिका- ९ सेग्लेमा बस्दै आएका ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीया पशुपति भण्डारीकाे आगलागीमा परी मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

राति १ बजेतिर धन्सारमा आगलागी हुँदा दुवै जनाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । 

पेशाले पूर्व गोरखा सैनिक रहेका धर्मराज र उनकी श्रीमती केही दिन अगाडि मात्र सुधार केन्द्रबाट घर फर्किएका थिए । बढी मादक पदार्थ सेवन गर्ने गरेका दुवै जना नै सुधार गृहमा बसेका थिए ।

के कति कारणले आगलागी भएको भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीले मुचुल्का तयार पार्ने काम गरिरहेको छ ।


 





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार ९:४४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया