टोकियो पाराल्याम्पिक : पलेशाको प्रतिस्पर्धी बेथ

जापानको टोकियोमा जारी पाराल्याम्पिक सहभागिता जनाउने एक मात्र खेलाडी पलेशा गोवर्द्धन पहिलो चरणमा विश्व वरियताको सातौँ स्थानमा रहेकी  बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छन् । 

पलेशाले तेक्वान्दोको महिला के ४४ विधाको ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार बिहान हुने खेल हात पार्नेले क्वाटरफाइनलमा टर्किस खेलाडी गुर्दल गामजेको सामना गर्नेछन् । 

यो तौल समूहमा ११ खेलाडीको सहभागिता रहेको छ, जसमा पाँच जनाले सिधै क्वाटरफाइनलमा स्थान बनाइ सकेका छन् । 

पलेशाले वाइल्ड कार्ड मार्फत् पाराल्याम्पिकमा सहभागिता जनाउने अवसर पाएकी हुन् । 





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १३:२१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया