९० वर्षअघिबाट सुरु भएको विराटनगरको ऐतिहासिक रथयात्रा कोरोनाका कारण प्रभावित भएको छ ।
हरेक वर्ष विराटनगरमा निस्कने राधाकृष्ण रथयात्रा कोरोनाको कारण यो वर्ष पनि ननिस्कने भएको छ । गत वर्ष पनि रथयात्रा रोकिएको थियो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निस्कने रथयात्रा यो वर्ष सुनसान छ ।
हरेक वर्ष हजारौँको संख्यामा विराटनगरको रथ यात्रामा मानिसहरू जम्मा हुने गर्थे । रथयात्रामा नेपालका मात्रै नभई भारतबाट समेत भक्तजन आउने गरेका थिए ।
रथयात्रा वि. सं. १९८८ मा खटबाट शुरु भएको हो । २०२५ देखि भने रथयात्राको निरन्तर निस्कँदै आएको छ ।
प्रदेश सरकारले रथयात्राका अवसरमा मंगलबार मोरङ, सुनसरी र झापा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
विराटनगरमा हुने राधाकृष्ण रथयात्रालाई दक्षिण एसियाकै दोश्रो ठूलो रथयात्राको रूपमा लिइँदै आएको आयोजकको दाबी छ ।
श्री राधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण रथयात्रा निकाल्न नसकिने बताए ।
स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्णको रथलाई गाडीमा राखेर नगरका विभिन्न भागको परिक्रमा गराउने योजना छ ।
विराटनगर महानगरपालिका वडा नम्बर १ तीनपैनीमा रहेको राधाकृष्ण मन्दिर आसपासमा केही माग्न बसेका र सामान्य व्यापार गर्ने बाहेकको कुनै पनि चहलपहल छैन।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।