\
प्रदेश–१ सरकारको निवर्तमान सामाजिक विकासमन्त्री उषाकला राईले आफ्नो कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेकी छन् ।
प्रदेश–१ सरकारमा २०७७ साल चैत्र १३ गते देखि २०७८ साल भाद्र १२ गतेसम्म सामाजिक विकासमन्त्री बनेकी उषाकला राईले प्रदेश स्वास्थ्य कोष निर्माणको लागि भएको बजेट विनियोजनलाई महत्वपूर्ण उपलब्धि दावी गरेकी छन् ।
कोष निर्माणले गर्दा गरिब तथा असहाय पैसाको अभावमा उपचार नपाएर मर्न नपर्ने उनले बताइन् ।
राईले प्रदेश मातहतका अस्पतालहरूमा दक्ष जनशक्तिको व्यवस्थापन, सबै जिल्ला अस्पतालहरूमा आधुनिक उपकरण र अक्सिजन प्लान्ट जडान, सबै जिल्ला अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको व्यवस्था गर्नका लागि बजेट पठाएको जानकारी दिइन् ।
१६५ दिन सामाजिक विकासमन्त्री भएकी राईले विशेषज्ञ चिकित्सकहरूलाई जिल्ला अस्पतालहरूमा बस्ने वातावरण निर्माण गर्न हिमाली जिल्लामा ३०० %, पहाडी जिल्लामा २५० % र तराईका जिल्लाहरूमा २०० % प्रोत्साहन भत्ताको व्यवस्था गरेको समेत बताइन् ।
यसै गरी पहाडी जिल्लाका दुर्गम ठाउँहरूको प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम घर निर्माण साथै उक्त प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरूलाई मेडिकल तालिमको व्यवस्था गरिएको विवरण उनले पेश गरिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।