नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालय स्थापना

माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालय स्थापना गरिएको छ । संघीय संसद् सचिवालयले भवन नम्बर १ को दोस्रो तलामा नेपाल नेतृत्वको एकीकृत समाजवादीको दलको कार्यालय स्थापना भएको हो । 

संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट मान्यता पाएसँगै एकीकृत समाजवादीलाई संसदीय दलको कार्यालय उपलब्ध गराएको हो । सो दलका सांसद् जीवनराम श्रेष्ठले दलको कार्यालयबारे जानकारी दिँदै  संसद सचिवालयको भजन नम्बर १ मा कार्यलय रहेको जानकारी दिए । 

पार्टीको संसदीय दलको पहिलो आइतबार बैठकले अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाएको छ । एमालेबाट विभाजित भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भदौ ९ गते आयोगबाट दलको मान्यता पाएको थियो ।





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १५:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया