(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको सन्दर्भमा पुस्तान्तरण, रुपान्तरण र हस्तान्तरण भन्ने गरिन्छ । वास्तवमा अहिले फरक ढंगबाट यो कार्य सुरु हुनुपर्छ । कांग्रेसभित्र एकदमै धेरै समस्या छन् । जसरी कांग्रेस मुलुकको एउटा ऐतिहासिक राजनीतिक पार्टी हो त्यसमा नवीन विचारहरु पस्कने गरी सोच बनेका छैनन् ।
त्यसकारण मलाई लाग्छ, कांग्रेसमा अलिक फरक ढंगबाट सोच्ने जमात बढ्नु जरुरी छ । क्षमता बनाएका र कांग्रेसलाई नयाँ ढंगबाट चलाउन सक्नेखालको नेतृत्व अब कांग्रेसले पाउनुपर्छ ।
युवा नेतृत्वको बहस
अबको महाधिवेशनमा सबै युवा भन्ने कुरा मिल्दैन । नेपाली कांग्रेस पुरानो र ऐतिहासिक पार्टी हो । यसमा हाम्रा पुराना अग्रजहरुको ठूलो योगदान छ । अग्रजहरुको योगदानलाई सम्मान गर्ने परिपाटीको विकास अहिलेका युवाहरुले गर्न जरुरी छ । अहिले चर्चामा आएका युवाहरुले पनि यो विषयलाई ध्यानमा राख्नुपर्ने हुन्छ ।
चर्चामा आएका युवाहरुले नै अहिलेसम्म उपल्लो नेतृत्वमा दाबी गर्नुभएको त छैन, साथै नेतृत्वले नै सबै कुरा गर्छ भन्ने मान्यता पनि हामीले राख्नु हुँदैन । सभापतिलाई मात्रै सबै कुराको दोष दिनु कदापि हुँदैन । उपसभापतिदेखि महामन्त्रीसम्मका अन्य पदमा पनि नेताहरु हुनुहुन्छ । काम गर्ने कुराको जिम्मेवारी तल्लो तहका नेताहरुले पनि लिनुपर्छ । यसो हुँदा पार्टी वैधानिक रुपमा अघि बढ्न सक्छ ।
अहिले भइरहेको के छ भने, तल्लो तहका केन्द्रीय सदस्य तथा सभापतिले बिग्रिएको कुनै पनि कामको जिम्मेवारी नलिने । त्यसो गरेर केन्द्रको नेतृत्वलाई मात्र सबै बिग्रिएका कुराहरुको दोष थुपार्नु हुँदैहुँदैन । यसो गर्नाले नै पार्टीमा समस्या आएका छन् । विस्तारविस्तार परिपक्व हुँदै जाँदा युवाहरु बलिया हुन्छन् ।
गगन थापाले महामन्त्रीमा आफ्नो दाबेदारी घोषणा गरेका छन् । हामी सबैले आशा गरेको एक केन्द्र हुन,् थापा । उनले सभापतिकै लागि त दाबी गरेका छैनन् नि ! गएको महाधिवेशनमा उनी महामन्त्रीमा पराजित भए । अहिलेको महाधिवेशनमा उनले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्, महामन्त्रीमा नै । मलाई विश्वास छ, हामी सबै युवाले उनलाई जिताउने छौं । हामी नेतृत्वमा भएकाहरुले तल्लो तहसम्म आएर नेता–कार्यकर्तालाई सम्बोधन गर्नेखालको नेतृत्व खोज्नुपर्छ ।
परिवारवादको समस्या
कांग्रेसमा परिवारवादको समस्याका चर्चापरिचर्चा त हुन्छन्, तर यसलाई ठूलो कुराका रुपमा लिनु आवश्यक छैन । कसरी परिवारवादको कुरा आउँछ यहाँ ? बिपी कोइराला वा गणेशमानका छोराले राजनीति गर्दागर्दै पदमा पुग्दा त्यसलाई परिवारवाद भन्न मिल्ला ? गणेशमानको श्रीमतीले जेलनेल, कष्ट बोक्दै गर्दा कसैले परिवारवादको कुरा उठायो ? यस्ता कुरा गर्न हुँदैन ।
गणेशमानको लिगेसी प्रकाशमानले बोकेका छन्, विपीको लिगेसी गिरिजाप्रसाद हुँदै अहिले शेखर, शंशाकसम्म आइपुगेको छ । यसलाई परिवारवादमात्र भन्नु भूल हुने छ । उनीहरु सबैको पार्टीमा कुनै योगदान छैन ? यसरी परिवारवाद जोडेर हामी कसैले पनि कसैको योगदानको अवमुल्यन गर्नु हुँदैन । परिवारवाद होइन यो । बिपीपुत्र वा गणशमानपुत्रको अन्य व्यक्तिको भन्दा पार्टीमा कम लगानी छ जस्तो मलाई लाग्दैन ।
कसरी गर्ने महाधिवेशन ?
कांग्रेसको महाधिवेशन वास्तवमा अत्यन्तै विषम् परिस्थितिका बीच हुँदैछ । एकातिर कोरोनाको महामारी बढ्दै छ, अर्कोतिर प्राकृतिक प्रकोप पनि बढिरहेको छ । यस्तो परिस्थितिमा अधिवेशन गर्नैपर्ने बाध्यता छ ।
सबैलाई राम्रोसँग थाहा छ, कांग्रेसको पाँच वर्षभन्दा बढी म्याद थप गर्न मिल्दैनथ्यो । तर, हामीले विधान मिचिसकेका छौं । मुलुकको संविधानले साढे पाँच वर्षभन्दा अगाडि जान दिँदैन । तर पनि यी सबै जटिलताका बीच २३ गतेपछि सिंगो कांग्रेसकै भविष्य अन्यौलमा पुग्ने भएको छ । त्यसकारण २३ गते अधिवेशनको सुरुवात गर्दैगर्दा पनि पार्टी अवैधानिक हुने हो कि भन्ने भय एकातिर छँदैछ ।
अन्योलैअन्योलको बीचमा कांग्रेसको अधिवेशन हुन लागिरहेको छ, यसलाई सफलतापूर्वक सक्नुभन्दा बाहेकको विकल्प कांग्रेससँग छैन । कोरोना र अन्य प्रकोपहरुलाई रोक्ने प्रयास गर्नुपर्छ । यसमा केन्द्रीय नेतृत्वले गम्भीर भएर सोच्नुपर्छ । जतिबेला अधिवेशन गर्ने परिस्थिति थियो, कोरोना महामारीको भय थिएन । त्यो बेलामा केन्द्रीय नेतृत्वको आलस्यका कारण महाधिवेशन हुन सकेन । त्यही नै अहिले आएर हाम्रा लागि अभिशाप बन्यो ।
नेपाली कांग्रेस अहिले संवैधानिक र वैधानिक संकटका बीच छ । वास्तवमा अहिले कांग्रेसले आफ्ना र प्रजातन्त्रका लागि मात्र नभई सिंगो राष्ट्रको भविष्यको लागि सोच्नुपर्छ । हरेक किसिमका परिवर्तन र क्रान्तिको नेतृत्व कांग्रेसले यो देशका लागि गरेको छ । त्यसकारण कांग्रेसप्रतिको ठूलो भरोसा र आशा नेपाली जनताको छ । कांग्रेसले नै यो देशको प्रजातन्त्रलाई बलियो बनाउन सक्छ, जनताका भावना बुझेर काम गर्न सक्छ भन्ने आशा नेपाली जनतामा छ ।
कुनै हालतमा पनि कांग्रेसले यो आशालाई मार्न हुँदैन । अहिले गठबन्धनको सरकार छ, केही बाध्यात्मक अवस्था कांग्रेसमा छ । तर, ओलीराजबाट भएका ज्यादतिहरु, जे जति प्रतिगमनका कुराहरु छन्, ती सबैलाई सच्याएर प्रजातन्त्रलाई लिकमा ल्याउने, संविधानलाई लिकमा ल्याउने जनताको विश्वास जित्नेभन्दा बाहेकका विकल्प कांग्रेसमा अब छैनन् ।
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
कांग्रेस बन्छु भन्नेलाई क्रियाशीलता विवादले रोक्नुहुन्न– पर्वत सभापति
७७ जिल्लालाई निर्वाचन केन्द्र मानेर नेतृत्व छानौँ, कार्यकर्तालाई पनि अपनत्व दिऊँ– कालिकोट सभापति
डोल्पा पुग्नै चार दिन लाग्छ, कसरी गर्ने महाधिवेशन ?– डोल्पा सभापति
युवाको बल र बुढाको बुद्धिबाट नयाँ नेतृत्व छान्नुपर्छ–जुम्ला सभापति
क्रियाशील विवाद समाधान भयो भनिएको छ, तर अन्योल कायम छ–बाँके सभापति
कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ–अर्घाखाँची सभापति
अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति
अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति
कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति
कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति
युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति
राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति
पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति
म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति
क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति
तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति
परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा सभापति
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति
विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति
‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।