हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश- १, बागमती प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेकाे छ ।
आज (बुधबार)दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश- १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
देशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश- १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।