पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले अफगानिस्तानमा केही दिनमै सरकार बन्ने बताएका छन् ।
मंगलबार कुरैशीले पाकिस्तानको राजधानी इस्लामावादमा जर्मनीका विदेशमन्त्री हेइको मासको साथमा एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीलाई आशा छ कि आउने दिनमा अफगानिस्तानमा एक सरकार गठन हुनेछ ।’
उनले तालिबानको बयान अनुसार अमेरिकी सैनिकको फिर्तीपछि यसको घोषणाको सम्भावना रहेको जनाएका छन् ।
कुरैशीले ट्वीट गर्दै अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध राम्रो रहेको पनि बताएका छन् ।
उनले लेखेका छन्, ‘पाकिस्तानको नीति स्पष्ट छ, हामी एक राजनीतिक तरिकाले समावेशी, सार्वभौम र समृद्ध अफगानिस्तान चाहन्छौँ, जहाँ शान्ति होस् र छिमेकीको साथमा पनि शान्ति रहोस् ।’
उनले पाकिस्तानले आफ्नो सीमा खुला राखेको र दुबै देशबीच आवतजावत चलिरहेको र व्यापार पनि भइरहेको दाबी गरेका छन् । यसै गरी उनले अन्तर्राष्ट्रिय समुदायसँग अफगानिस्तानको हरसम्भव मद्दत गर्नका लागि आह्वान गरेका छन् ।
काबुलमा कब्जा गरेपछि तालिबानले चाँडै नै सरकार बनाउने घोषणा गरेको थियो ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मंगलबार साँचो इस्लामी व्यवस्था कायम गर्न चाहेको बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।