तालिबानका नेताले लडाकुसँग भने- अफगानीसँग राम्रो व्यवहार गर्नु, हामी उनका सेवक हौँ

अमेरिकी सेनाको अन्तिम सैन्य विमान काबुल विमानस्थलबाट निस्किएपछि तालिबानका एक नेताले आफ्ना लडाकुलाई सम्बोधन गर्दै स्वतन्त्रका लागि बधाई दिएका छन्।

उनले भने, ‘म तपाईंहरू र अफगानिस्तानलाई बधाई दिन्छु । हामी वाचा गर्छौँ कि अब हाम्रो देशमा कुनै हमला हुने छैन । हामी सुख, समृद्धि र सच्चा इस्लामी व्यवस्था चाहन्छौँ ।’

उनले अफगानीसँग राम्रो व्यवहार गर्नका लागि आफ्ना लडाकुलाई निर्देशन पनि दिएका छन् । ‘म तपाईहरूसँग यो भन्न चाहन्छु कि मानिसहरूसँगको व्यवहारलाई लिएर सावधानी अपनाउनुहोस् । यस देशले धेरै गुमाएको छ । अफगानी प्रेम र सहानुभूतिका हकदार हुन् । उनीहरूसँग विनम्र रूपमा पेश आउनु । हामी उनका सेवक हौँ’, उनले भने ।

अर्का तालिबानका नेता हनस हक्कानीले अफगानिस्तानका मानिस खुसी भएको दाबी गरे । उनले केही तत्व अमेरिकी कब्जा कायम रहेको चाहेको बताए । 

काबुलमा कब्जा गरेपछि तालिबानीले केही अफगानीलाई नराम्रो व्यवहार गरेकाे विदेशी सञ्चारमाध्यमले जनाएका थिए ।





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार ८:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया