अध्यक्ष तिमिल्सिनाले गरे राउटे वस्तीकाे अवलाेकन
फरकधार / १६ भदौ, २०७८

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट गरेका छन् ।



कार्यक्रमको सिलसिलामा सुर्खेत पुगेका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सीमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र समस्या बुझेका हुन् ।

घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिए ।

उनले भने, 'सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नति हुँदैन । राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एक ठाउँमा बस्ने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुपर्छ।'



राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भए पनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरूको अवस्थामा सुधार नहुने उनले स्पष्ट पारे ।

अध्यक्ष तिमिल्सिना कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसहितको टोलीसँग त्यहाँ पुगेका थिए ।

  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १०:१३:२९,   अन्तिम अपडेट : भदौ १६, २०७८ बुधबार १०:१८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया