नेपालसँग सीमा विवाद चलिरहेका बेला भारतले नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूलाई नयाँदिल्लीमा एकसाथ भेला गराउँदै

भारतले नेपालसँग सीमा विवाद चलिरहेका बेला नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूलाई नयाँदिल्लीमा एकसाथ भेला गराउने भएको छ । 

वार्ता मार्फत सीमा विवाद सुल्झाउन नेपालले गरेको प्रस्ताव र नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको प्रतिवेदन बुझ्न अटेर गर्दै आएको भारतले नेपालका पूर्व प्रधानसेनापतिलाई एकसाथ नयाँदिल्लीमा जम्मा गर्नु खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

भारतको सेनाले नेपालका सबै पूर्व प्रधानसेनापतिहरूलाई निमन्त्रण पठाई सकेको छ । भेला यही सेप्टेम्बर १७ र १८ का दिन नयाँदिल्लीमा हुने बताइएको छ । 
‘नयाँदिल्लीमा भेला हुने भन्ने खबर प्राप्त गरेको छु । तर निमन्त्रणा हेरिसकेको छैन,’ नेपाली सेनाका पूर्व प्रधानसेनापति प्याराजङ्ग थापाले फरकधारसँग भने, ‘बेला बेलामा भारतले यस्तो भेला गर्दै आएको छ । हामीले पनि गर्छौं ।’ 

स्रोतका अनुसार भारतीय सेनाले नेपालका पूर्व प्रधानसेनापतिहरू राजेन्द्र क्षेत्री, गौरव शम्शेर जबरा, छत्रमान सिंह गुरुङ, रुक्माङ्गत कटवाल, प्याराजङ्ग थापा र धर्मपाल बरसिंह थापालाई भेलामा उपस्थित हुनको लागि निमन्त्रणा गरेको छ । 

भारतले यही भदौ २४ गते अवकाश प्राप्त गर्दै गरेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई समेत भेलामा सहभागी हुनको लागि निमन्त्रणा पत्र पठाएको बुझिएको छ । 
‘नेपालको प्रधानसेनापतिलाई भारतको मानार्थ महारथी र भारतको सेनाध्यक्षलाई नेपालको मानार्थ महारथीले सम्मान गर्ने अभ्यास छ । सोही अनुसार यस्ता भेला हुने गर्छन्,’ पूर्व प्रधानसेनापति प्याराजङ्ग थापाले भने ।

निमन्त्रणा प्राप्त गरे पनि को को पूर्व प्रधानसेनापति भेलामा सहभागी हुन जाने भन्ने टुङ्गो लागि सकेको छैन । 



खासगरी नयाँ संविधान जारी भएपछि नेपाल र भारतबीचको सम्बन्ध पहिलेको जस्तो सुमधुर बन्न सकेको छैन । यस्तो बेलामा निमन्त्रणा प्राप्त भएपनि केही पूर्व प्रधानसेनापतिहरूले भेलामा सहभागी नहुने मुड बनाएको बुझिएको छ । 



  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १३:३६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया