भारत विरुद्धको मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई प्रवेश अनुमति
फाइल फाेटाे

भारत विरुद्धको मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई प्रवेश अनुमति मिलेको छ । 

सरकारले पाँच हजार १०० दर्शकलाई रंगशाला प्रवेश अनुमति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार जानकारी गराएको हो । 

खेल हेर्न जाने दर्शकले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ । मैदान प्रवेश गर्न कोरोना परीक्षण नेगेटिभ आएको वा कोभिडको पूर्ण खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ । 

एन्फाले अनलाइन माध्यमबाट टिकट खरिद गर्न सकिने र मूल्य साँझसम्म टुङ्गो लाग्ने बताएको छ ।

नेपालले भारतविरुद्ध दुई मैत्रीपूर्ण  खेल खेल्दैछ । पहिलो खेल बिहीबार (भोलि) दशरथ रंगशालामा साँझ साढे पाँच बजे हुनेछ ।

नेपालले भारत विरुद्ध दोस्रो खेल आइतबार खेल्नेछ । दुवै टोलीले यो मैत्रीपूर्ण खेललाई अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुने १३ औँ संस्करणको साफ च्याम्पियनसिपको तयारीका रूपमा लिएका छन् । 



नेपालले अक्टोबर १ मा आयोजक माल्दिभ्ससँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ। 



  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १३:३८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया