अब काठमाडौं उपत्यकाका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउन पाइने

काठमाडौं उपत्यकामा विद्यालय सञ्चालन गर्नेबारे स्थानीय प्रशासन लचिलो बनेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन गर्नका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय केही लचिलो बनेको हो । 

शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने यसअघिको निर्णयलाई यथावत राखेको प्रशासनले सञ्चालन गर्नै परेको खण्डमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहि स्थानीय तहहरूले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर सञ्चालन गर्न पाउने व्यवस्था थप गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले उपत्यकाको निषेधाज्ञा विस्तारै हटाउँदै गएको छ । गत बैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञा साउनको पहिलो सातादेखि खुकुलो बनाउँदै लगेको थियो । भोलीबाट भीडभाड हुने क्रियाकलाप बाहेकको कामका लागि अवरोध नहुने प्रशासनले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १५:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया