प्रदेश २ मा जसपाका १० जना प्रदेशसभा सदस्यले रोजे लोकतान्त्रिक समाजवादी पार्टी

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश २ का १० जना प्रदेश सभा सदस्यले आज पार्टी त्याग गरेका छन् । उनीहरुले जसपाबाट विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टीमा (लोसपा) आवद्ध हुने निर्णय लिएका हुन् । 

जसपा छाडेर लोसपातर्फ लागेका प्रदेश २ का प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर आज सनाखत गराएका हुन् । बाँकी प्रदेशसभा सदस्यले बिहिबार सनाखत गराउने लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए । 

जसपा विभाजन भएपछि लोसपामा गएका सांसदहरूलाई  सनाखत गर्न निर्वाचन आयोगले भदौ २२ गते सम्मको समय दिएको छ । 

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरूमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी र बाबुलाल साह रहेका छन् । 

जितेन्द्र सोनल, अभिराम शर्मा लगायतका प्रदेशसभा सदस्यहरुले बिहिबार सनाखत गराउने बताइएको छ । 

प्रदेश २ को प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीबाट ३० र तत्कालिन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु रहेका थिए । 





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १६:२२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया